काठमाडौं : आज आइतबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ । साथै, चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुनको भाउ प्रतितोला १ लाख १० हजार रुपैयाँमा र तेजावी सुनको १ लाख ९ हजार ५ सय निर्धारण भएको छ। यसअघि शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ र तेजावी सुनको १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको थियो।
चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ३ सय ८५ रुपैयाँमा कायम भएको छ।



