२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एनसेललाई राष्ट्रियकरण गर्नुपर्ने : पूर्वउद्योगमन्त्री पाण्डे

images

  • २०८० मंसिर २६, मंगलबार
  • 726
    SHARES
  • एनसेललाई राष्ट्रियकरण गर्नुपर्ने : पूर्वउद्योगमन्त्री पाण्डे
    काठमाडौं : नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेले एनसेल प्रकरणमा निष्पक्ष छानबिन हुनु पर्नेमा जोड दिनु भएको छ। रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा उहाँले एनसेललाई अब राष्ट्रियकरण गर्नुपर्ने बताउनु भयो। 
     
    पूर्वमन्त्री पाण्डेले भन्नुभयो, “डेढ खर्बको लागत रहेको एनसेल कम्पनीको शेयर खरिद बिक्रीको रकम रु ६ अर्बमात्रै हुनुले त्यहाँ गलत भएको तथ्य उजागर भएको छ, सरकारी अभिलेख हेर्दा पनि एनसेलले रु ६ अर्ब मुनाफाको अंश विदेश लगेको देखिन्छ, यस्तो अवस्थामा ठूलो रकम कर छलेको सहजै अनुमान गर्न सकिन्छ छानबिन समितिले निष्पक्ष छानबिन त्यसलाई राष्ट्रियकरण गरिनु पर्छ।”
     
    फरक सन्दर्भमा नेता पाण्डेले मेलम्चीको पानी काठमाडौँ बासीलाई यथाशीघ्र उपलब्ध गराउन, काठमाडौँ उपत्यकामा द्रुत बस सेवा स्थानीय निकायसँग समन्वय गरेर सञ्चालन गर्न, धौवादी स्थित फलाम खानी संरक्षणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ