काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक तीन कम्पनीको अनुमतिपत्र खारेज गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट (इ–मेल)सहितको दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्राप्त गरेका कम्पनीको इजाजत खारेज गरिएको हो ।
तोकिएको समयअवधि अनुमतिपत्र नवीकरण नगरेका कारण युनाइटेड टेलिकम लिमिटेड, म्याक्स नेट सोलुसन प्रा.लि. र चितवन नेटवर्क प्रा.लि.को अनुमतिपत्र प्राधिकरणले खारेज गरेको हो। तिन संस्थाहरूलाई ३० दिनभित्र सम्पर्क गरी नियमानुसार तिर्नुपर्ने रकम तिर्न पनि अनुरोध गरेको छ। अन्यथा प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणले चेतावनी दिएको छ।




