२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सातै प्रदेशमा आजदेखि रास्वपाको एक–एक वडा अधिवेशन सुरु

images

  • २०८० मंसिर २८, बिहीबार
  • 736
    SHARES
  • सातै प्रदेशमा आजदेखि रास्वपाको एक–एक वडा अधिवेशन सुरु
    काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन आजदेखि सुरु भएको छ। रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो। सातै प्रदेशका एक-एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो।
     
    “निर्वानपछि १ वर्षमा पार्टीको अधिवेशन सुरु गर्ने निर्णय गरेका थियौँ। औपचारिक रुपमा अधिवेशन आजदेखि सुरु भएको छ”, उहाँले भन्नुभयो, “७ प्रदेशमा सात वडामा वडा अधिवेशन आजै सक्छौँ। हामीले निरन्तररुपमा वडा अधिवेशन, पालिका अधिवेशन र प्रदेश अधिवेशन गरेर क्रमशः राष्ट्रिय महाधिवेशनको बाटो खुलाएका छौँ।” 
     
    रास्वपाले भरतपुर महानगरपालिका–११, जितपुर सिमरा उपमहानगरपालिका–२, पोखरा महानगरपालिका–१०, बुटवल उपमहानगरपालिका–१३, इटहरी उपमहानगरपालिका–२०, भेरीगङ्गा नगरपालिका–६ र टीकापुर नगरपालिका–१ मा आज वडा अधिवेशन गर्दैछ। सातै प्रदेशका ती वडामा रास्वपाका केन्द्रीय प्रतिनिधि सहभागी हुँदैछन्। 
     
    पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकाल, सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ, सहमहामन्त्री विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठ र केन्द्रीय सदस्य विजय जैरु विभिन्न वडामा केन्द्रीय प्रतिनिधि रहनुभएको छ। “जलेश्वर बैठकबाट पार्टीको वैचारिक धार स्पष्ट गरेका छौँ। यसलाई स्थानीय तहसम्म पुर्‍याउने मुख्य एजेण्डा हो”, प्रमुख सचेतक परियारले भन्नुभयो। 
     
    सङ्गठन विभागका सचिव शङ्कर श्रेष्ठले प्रत्येक वडामा एक सभापतिसहित ११ सदस्यीय वडा समिति गठन गरिने बताउनुभयो। उहाँले भन्नुभयो, “११ जनामध्ये कम्तीमा चार महिला सदस्य अनिवार्य गरेका छौँ। चार जनामध्ये पनि एक जना अनिवार्यरुपमा दलित महिलाको व्यवस्था गरिएको छ। ६ जना ४५ वर्षमुनिका युवा हुनै पर्नेछ।”

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ