काठमाडौं :आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य १० रुपैयाँले घटेको छ। आइतबार प्रतितोला आठ सय रुपैयाँ बढेको सुनको मूल्य सोमबार स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्ते आइतबार प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १३ सय ७५ रुपैयाँमा किनबेच भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो।



