काठमाडौं : लगातार पाँचौ कारोबार दिन पनि नेप्से बढेको छ । आज सेयर बजार (नेप्से) ८.१० अंकले बढेको हो । कारोबार समयमा केही घटेपनि अन्तिम समयसम्ममा परिसूचक बढ्दै १८९१ अंकमा पुगेर रोकिएको हो ।
यस क्रममा आज १३३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ वटा कम्पनीको मूल्य घटेको छ ।यस क्रममा आज १ अर्ब २७ करोड ८७ लाख रुपैयाँ बराबरको ३४ लाख ९५ हजार कित्ता सेयर किनबेच भएको छ ।
नेप्से ८ अंकले बढेको दिन आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढ्दै १२ सय ४२ रुपैयाँमा पुगेको छ । यस्तै, युनिलिभर नेपालको सेयर मूल्य ७ प्रतिशतले बढेर २६हजार ७०० रुपैयाँ पुगेको छ ।
शिवम् सिमेन्टको सर्वाधिक ७ करोड ३५ लाखको कारोबार हुँदा सोल्टी होटलको ६ करोड १८ लाख र ओरियन्टल होलटको करिब ५ करोड ४० लाखको सेयर कारोबार भएको छ ।
परिसूचक बढेपनि आज व्यापार र बैंक समूहको सूचकमा भने गिरावट आएको छ । व्यापार समूह २० अंकले र बैंक समूह ०.२९ अंकले घटेका छन् । यसबाहेक आज कारोबार भएका सबै समूहको उपसूचक बढेका छन् ।



