२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्से परिसूचक ५१.३१ अंकले बृद्धि : कारोबार रकममा पनि सुधार

images

सत्कार खबर
  • २०८० जेठ ९, मंगलबार
  • 1.4K
    SHARES
  • नेप्से परिसूचक ५१.३१ अंकले बृद्धि : कारोबार रकममा पनि सुधार

    काठमाडौं  : मंगलबार नेप्से परिसूचक ५१.३१ अंक बढेको छ । आज नेप्से परिसूचक २.७१ प्रतिशत बढेर १९४२.६३ विन्दुमा पुगेको छ। नेप्से बढेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। 


    यस दिन २७१ स्टकको ३८ हजार ७९६ पटकको कारोबारमा २ अर्ब २० करोड रुपैयाँ बराबरको ६० लाख ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिनको कारोबार रकम करिब ३ महिना यताकै उच्च हो।

    nepsaaaaa.JPG

    मंगलबार ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कालिका लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन १४ स्टकको मूल्य घटेको छ। 

    कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। त्यस्तै, नेपाल टेलिकमको करिब ९ करोडको शेयर खरिदबिक्री भएको छ भने एनआईसी एशिया र हिमालयन एभरेष्ट इन्स्योरेन्सको ७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ भने उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी,  बैंक, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, जलविद्युत, लगानी र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ