२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भ्रष्टाचारमुक्त समाज निर्माण नहुँदासम्म सुशासन कायम हुँदैन : सांसद केसी

images

सत्कार खबर
  • २०८० जेठ ९, मंगलबार
  • 676
    SHARES
  • भ्रष्टाचारमुक्त समाज निर्माण नहुँदासम्म सुशासन कायम हुँदैन : सांसद केसी

    काठमाडौं : सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारमुक्त समाज निर्माण नहुँदासम्म सुशासन कायम हुन नसक्ने बताउनु भएको  छ । 
    प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षकोे नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद केसीले यस्तो बताउनु भएको हो । नीति तथा कार्यक्रममा सुशासनप्रतिको प्रतिबद्धता गरिएको भन्दै सुशासन कायम गर्नका लागि भ्रष्टाचारमा शून्य सहनशीलता आवश्यक रहेको उहाँको भनाई छ ।  

    "हामीले प्रत्येक वर्षको बजेट र नीति तथा कार्यक्रममा भ्रष्टाचारप्रति शून्य सहनशीलताको कुरा गर्छौ तर यो कुरा सुन्दा–सुन्दा जनताको कान टट्याइसकेको छ”, उहाँले भन्नुभयो अब भ्रष्टाचारप्रतिको शून्य सहनशीलता व्यवहारमा उतार्न सक्नुपर्छ ।” उहाँले स्थानीय र प्रदेश तहमा पनि बेरुजु देखिएको बताउनु भयो ।

    उहाँले प्रतिपक्षी दलका नेताले कुनै पनि कालखण्डको भ्रष्टाचार छानबिनको कुरा गरिसकेको भन्दै सरकारलाई काम गर्न सहज भएको बताउनु भयो ।  केसीले नीति तथा कार्यक्रममा सर्वसुलभ शिक्षाको विषय उठान गरिए पनि अझै पनि सङ्घीय शिक्षा ऐन र शिक्षा नीति आउन नसकेको दाबी गर्नु भयो ।

    उहाँले बेरोजगारी, महँगी तथा श्रमका लागि विदेशमा जानुपर्ने समस्या समाधान गर्न आग्रह गर्नु भयो ।  उनले कृषिमा औद्योगिकीकरण, व्यापारिकरण र व्यावसायीकरण गर्न निरन्तर आवाज उठाउँदै आइएको भन्दै किसानलाई सक्षम, सुदृढ र सबल बनाएर कृषि क्षेत्रलाई विशेषरुपले प्रभावकारी रुपमा परिचालन गर्न सकियो भने विदेश पलायन हुने युवाहरुलाई आकर्षित गर्न सकिने बताउनु भयो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ