२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ए डिभिजन लिगमा तीन खेल हुँदै

images

सत्कार खबर
  • २०८० जेठ १०, बुधबार
  • 1.0K
    SHARES
  • ए डिभिजन लिगमा तीन खेल हुँदै

    काठमाडौं : आज बुधबार सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत  तीन खेलहरु हुँदैछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २ बजे हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । आठौं जितको खोजीमा रहेको आर्मी २० खेलमा २९ अंक जोडेर पाँचौं  स्थानमा छ । छैटौं जितको खोजीमा रहेको एनआरटी २० खेलमा २३ अंक जोडेर ११ औं स्थानमा छ ।

    दशरथ रंगशालामा साँझ ६ बजे हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशौँ जितको खोजीमा रहेको जावलाखेल २० खेलमा ३३ अंक जोडेर तेस्रो स्थानमा छ। दशौँ जितको खोजीमा रहेको मछिन्द्र २० खेलमा ३४ अंक जोडेर  दोस्रो स्थानमा छ ।

    यस्तै च्यासल मैदानमा दिउँसो ३ बजे हुने एपीएफ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । सातौं जितको खोजीमा रहेको एपीएफ २० खेलमा २३ अंक जोडेर  १० औं स्थानमा छ । छैटौं जितको खोजीमा रहेको संकटा २० खेलमा २३ अंक जोडेर  १२ औं स्थानमा छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ