२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अशक्ताले रोकेन हरिलाई सगरमाथा आरोही गर्न 

images

सत्कार खबर
  • २०८० जेठ १०, बुधबार
  • 796
    SHARES
  • अशक्ताले रोकेन हरिलाई सगरमाथा आरोही गर्न 

    रोल्पाको थवाङका पूर्व गोरखा सैनिक हरि बुढामगरले शुकवार जेठ ५ गते  विश्वको सर्वोच्च शिखर सगरमाथाको  सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नु भएको छ । उहाँको दुवै खुट्टा गुमेपनि  पहिलो नेपाली सगरमाथा आरोही हुनु भएको छ । उहाँले  सन् २०१० मा अफगानिस्तानको लडाइँमा उहाँले दुवै खुट्टा गुमाउनुभएको थियो । तर, हिम्मत भने गुमाउनु भएन ।  घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुनुहुन्छ । सगरमाथाको चुचुरोमा टेक्ने उहाँको अठोटलाई अशक्तले रोक्न सकेन र अन्ततः सफल पनि हुनु भयो ।

     हरिले कृत्रिम खुट्टाका भरमा सगरमाथाको सफल आरोहण गरेर नेपालीको नाम त राख्नु नै भयो  अपाङ्गता भएका व्यक्तिको सामर्थ्यका सम्बन्धमा पनि विश्वलाई प्रेरणा  दिनु भएको छ । नेपाल सरकार र नेपाली समाजले उहाँको योगदानको उच्च मूल्याङ्कन गर्नुपर्छ ।नेपालका लागि हरिको सगरमाथा आरोहणको भावनात्मक महत्त्व तेन्जिङ वा प्रथम नेपाली महिला आरोही पासाङ ल्हामु वा हिमचितुवाका नामले विख्यात आङ रिताको आरोहणजस्तै गर्वको विषय हो ।

    हरिको सफलतामा नेपालको नाम सँगै आउँछ । युद्धका घाइते सैनिक हरिका लागि सायद सामान्य आर्थिक समस्या नहोला । तैपनि, राज्यले उहाँको उपलब्धिको उच्च मूल्याङ्कन गर्नुपर्छ । कतै तेन्जिङलाई जसरी गुमाउनु् हुँदैन । नेपालको अशत्ता आन्दोलनका अभियन्ताहरूले यसको महत्त्व बुझ्नुपर्छ ।

    सरकारले उचित सम्मान गर्दा हरिले आफू नेपाली भएकोमा गर्व गर्ने अवसर पाउनु हुनेछ । त्यस्तै नेपाल । नेपालीका लागि पनि चौतर्फी निराशाका बीचमा देखिएको एउटा आशाको किरण पनि हो । उहाँले शारीरिक अशक्त भएका व्यक्तिहरू कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने उदारण दिनु भयो । त्यसैले सरकारले हरिको हिम्मत र कौशलको उच्च मूल्याङ्कन र सम्मान गर्न ढिलाइ गर्नु हुदैन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ