२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सेयर बजार : नेप्सेमा दोहारो अंकको वृद्धि

images

सत्कार खबर
  • २०८० जेठ १०, बुधबार
  • 1.2K
    SHARES
  • सेयर बजार : नेप्सेमा दोहारो अंकको वृद्धि

    काठमाडौं : नेप्से परिसूचक  १६.४९ अंकले बढेको छ। आज नेप्से परिसूचक ०.८५ प्रतिशत बढेर १९५९.१२ अंकको विन्दुमा पुगेको छ। नेप्से परिसूचक ७ औं दिन लगातार वृद्धि  हुँदा १४०.८१ अंकले वृद्धि भएको छ। नेप्सेमा वृद्धि भएपनि मंगलबारको तुलनामा बुधबार कारोबार रकम भने घटेको छ।


    मंगलबार २ अर्ब २० करोडको कारोबार भएको बजारमा बुधबार १ अर्ब ८७ करोड ३० लाखको कारोबार भएको छ। बुधबार ३४ हजार ८४१ वटा कारोबारमा ४८ लाख ६५ हजार ४७५ कित्ता सूचीकृत धितोत्रप किनबेच भएको छ। जसमध्ये शिवम् सिमेन्टको मात्रै करिब १४ करोड ६५ लाखको कारोबार हुँदा नेशनल लाइफको करिब ७ करोड ७५ लाख र हिमालयन डिस्टलरीको ५ करोड ८१ लाखको कारोबार भएको छ।

    jestha nepsa.JPG
    undefined

    बुधबार नेप्सेमा वित्त कम्पनी, हाइड्रोपावर र म्युचुअल फण्ड उपसूचकमा गिरावट हुँदा अन्य उपसूचकहरु भने बढेको छ। उत्पादनमूलक उपसूचक सर्वाधिक ४.६९ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक ४.४७ प्रतिशतले वृद्धि भएको छ। हाइड्रोपावर उपसूचक ०.३१ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०.२१ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी सर्वाधिक ०.४५ प्रतिशतले गिरावट भएको छ । 


    नेप्सेमा कुल २२१ सूचीकृत कम्पनीको सेयर कारोबार भएको मध्ये १३१ कम्पनीको मूल्यमा वृद्धि भएको छ। त्यस्तै, ८३ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ भने ७ कम्पनीको सेयरमूल्य स्थिर छ। कारोबार भएकामध्ये आत्मनिर्भर लघुवित्तको १० प्रतिशत , युनिलिभर नेपालको ९.९६ प्रतिशत र शिवम् सिमेन्टको ६.७६ प्रतिशतले वृद्धि भएको छ।

    यता सानिमा इक्विटी फण्ड, अजोड इन्स्योरेन्स र सुपरमाइ हाइड्रोपावरको मूल्यमा सर्वाधिक गिरावट भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ