काठमाडौं : लखनउ सुपर जायन्ट्सलाई हराउदै मुम्बई ईन्डियन्स इन्डियन प्रिमियर लिग (आइपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सले लखनऊ सुपरजायन्ट्सलाई ८१ रनले पराजित गरेको छ।क्वालिफायर(२) मा मुम्बईले मे २६ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा साविक विजेता गुजरात टाइटन्सको सामना गर्नेछ।
चेन्नईको चेपौक स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १८२ रन बनाएको थियो। मुम्बईका लागि क्यामरन ग्रीनले २३ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४१ रन बनाएका थिए।
बलिङमा लखनउका नविन उलहक ४ विकेट, यश ठाकुर ३ विकेट र मोहसिन खानले १ विकेट लिएका थिए।
मुम्बईले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको लखनउले १६.३ ओभरमा अलआउट हुदै १ सय १ रन मात्र बनाएको थियो। लखनउका लागि मार्कस स्टोयनिसले २७ बलमा सर्वाधिक ४० रन बनाएका थिए।
बलिङमा मुम्बईका आकाश मधवालले ५ रन दिएर ५विकेट लिएका थिए ।



