२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

४४ सार्वजनिक संस्थानहरूमध्ये २५ संस्थान नाफामा,१९ घाटामा सञ्चालन

images

सत्कार खबर
  • २०८० जेठ १४, आइतबार
  • 1.2K
    SHARES
  • ४४ सार्वजनिक संस्थानहरूमध्ये २५ संस्थान नाफामा,१९ घाटामा सञ्चालन

    काठमाडौं :अर्थमन्त्री डा .प्रकाशशरण महतले हाल सञ्चालित कुल ४४ सार्वजनिक संस्थानहरूमध्ये  २५ संस्थान नाफामा र बाँकी १९ संस्थान घाटामा सञ्चालन  चलिरहेको बताउनु भएको छ ।अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक सर्वेक्षण २०७९/८० को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्दै   यस्तो बताउनु भएको छ ।

    सामाजिक संस्थाहरूलाई निजी क्षेत्रमा रूपान्तरण गरेर चलाइने, निजीकरण गरिने र सार्वजनिक गरिने संस्थाहरूको कार्य प्रणालीको अध्ययन अवलोकन गरी सुधार गर्नुपर्ने देखिएको  उहाँको भनाई छ ।

    चालू आर्थिक वर्षमा सेयर लगानी वा ऋण लगानी गरी कूल ६ खर्ब १८ अर्ब रुपैयाँ सरकारी लगानी रहेको छ । जसमध्ये यो वर्ष करिब एक प्रतिशत लाभांश सरकारले प्राप्त गरेको छ ।’ सरकारले यो वर्ष संस्थानहरुबाट ६ अर्ब १६ करोड लाभांश प्राप्त गरेको उहाँले जानकारी दिनु भयो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ