२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चेन्नईलाई आइपिएलको उपाधि

images

सत्कार खबर
  • २०८० जेठ १६, मंगलबार
  • 2.0K
    SHARES
  • चेन्नईलाई आइपिएलको उपाधि

    काठमाडौं : चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को उपाधि जितेको छ। चेन्नईको यो पाँचौं उपाधि हो। फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो। 

    नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१४ रन बनाएको थियो। गुजरातका लागि युवा ब्याटर साई सुदर्शनले ४७ बलमा सर्वाधिक ९६ रनको सानदार इनिङ खेले तर शतक पूरा गर्न भने ४ रनले चुकेका थिए। ऋद्धिमान शाहले ३९ बलमा ५४ रन, शुभमन गिल २० बलमा ३९ रन र हार्दिक पान्ड्याले १२ बलमा २१ रन बनाएका थिए ।

    बलिङमा चेन्नईका मथिसा पाथिराना २ विकेट, दीपक चाहर र रविन्द्र जडेजाले समान १/१ विकेट लिएका थिए।

    २१५ रनको लक्ष्य पछ्याएको चेन्नईले सुरुवाती ३ बलमा ४ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो। वर्षाको कारण पाँच ओभर घटाइएको थियो। वर्षा रोकिएपछि चेन्नईले १५ ओभरमा १७१ रनको लक्ष्य पाएको थियो।

    चेन्नईका लागि ऋतुराज गायकवाडले २६ रन, डेभन कन्वेले ४७ रन र अजिंक्या रहाणेले २७ रन बनाएका थिए। आफ्नो आइपिएल करिअरको अन्तिम खेल खेलेका अम्बाती रायुडू ८ बलमा १९ रनमा आउट भएका थिए। राम्रो सुरुवात गरेर पनि एकपछि अर्को विकेट गुमाएको चेन्नईका लागि अन्तिम २ बलमा १० रन चाहिएको थियो । पहिलो बलमा छक्का हानेका रवीन्द्र जडेजाले अर्को बलमा चौका हाने र ५ विकेटले विजयी भयो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ