२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

images

सत्कार खबर
  • २०८० जेठ १६, मंगलबार
  • 1.5K
    SHARES
  • बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं :मंगलबार सुनको मुल्य ह्वातै बढेको छ । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला २ हजार ४०० रुपैयाँ बढेको हो । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार २ हजार ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ