काठमाडौं : महोत्तरीमा हतियारधारी समूहले दिन दहाडै एनएमबी बैंकमा लुटपाट गरेका छन् । १२ बजेर २० मिनेटमा महोत्तरी गाउँपालिकास्थित एनएमबी बैंकको शाखाबाट रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लका अनुसार ४ जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख लुटेका हुन् । उनीहरू मास्क लगाएर बैंकमा प्रवेश गरेको पनि बैंकले जनाएको छ । बैंक लुटेपछि उनीहरू मोटरसाइकलमा भागेका थिए ।



