२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान

राष्ट्रिय क्रिकेट टिम दक्षिण अफ्रीका प्रस्थान , सन्दीप नेपालमै

images

सत्कार खबर
  • २०८० जेठ १७, बुधबार
  • 946
    SHARES
  • राष्ट्रिय क्रिकेट टिम दक्षिण अफ्रीका प्रस्थान , सन्दीप नेपालमै

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको छ । आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि अन्तिम तयारी गर्न राष्ट्रिय क्रिकेट टोली  मंगलबार राति दक्षिण अफ्रिका प्रस्थान गरेको हो ।

    आईसीसी विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा राष्ट्रिय टोलीको घोषणा गरेको थियो । राष्ट्रिय टोलीमा प्रभावशाली स्पिनर सन्दीप लामिछालाई भने समावेश गरिएको छैन ।

    आफूमाथि लगाइएको बलात्कार मुद्दाको फैसला नभएका कारण सन्दीप दक्षिण अफ्रीका जान नपाएका हुन् । आफू राष्ट्रिय टोलीसँग दक्षिण अफ्रिका नजाने भएपछि सन्दीपले टोलीका अन्य सदस्यलाई सफलताको शुभकामना दिएका छन् ।

    उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दक्षिण अफ्रिका जाने टोलीका अन्य सदस्यलाई शुभकामना दिएका हुन् । उनले लेखेका छन् ‘मलाई तपाइँहरूको क्षमताप्रति पूर्ण विश्वास छ । तपाइँहरु सबैले क्रिकेटलाई यो स्तरमा ल्याएर विश्वसामू आफ्नो क्षमता देखाउनु भएको छ । फेरि तपाइँहरुका अगाडि आफ्नो क्षमताप्रति विश्वास गर्ने समय आएको छ । तपाइँहरु जहाँ जानु भए पनि आफ्नो उत्कृष्ट प्रदर्शन दिनुहोला । सफल टोली र सुरक्षित यात्राको शुभकामना ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ