२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रधानमन्त्री कार्यालयको ६८ वटा दरबन्दी कटौती गर्ने सरकारको निर्णय

images

  • २०८० पुस १२, बिहीबार
  • 506
    SHARES
  • प्रधानमन्त्री कार्यालयको ६८ वटा दरबन्दी कटौती गर्ने सरकारको निर्णय

    काठमाडौँ : सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनः संरचनासहित सङ्गठन व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) स्वीकृत गरेको छ। प्रधानमन्त्री कार्यालयमा आज भएको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा पद कटौती गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो। 

    “प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशवासीका नाममा गत मङ्गलवार गर्नुभएको सम्बोधनबमोजिम प्रधानमन्त्री कार्यालयको पुनः संरचना गरिएको छ, ६८ वटा दरबन्दी कटौती भएका छन्”, मन्त्री शर्माले भन्नुभयो। प्रधानमन्त्री कार्यालयअन्तर्गतका ती दरबन्दीमा रहेका कर्मचारी अब अन् यन्त्र पद स्थापना हुने उहाँले बताउनुभयो। “प्रधानमन्त्रीको सम्बोधनका क्रममा व्यक्त भएका प्रतिबद्धताको कार्यान्वयन सुरु भएको छ, अब हामी सबै निकायमा त्यो लागू गर्छौँ”, उहाँले भन्नुभयो। 

    बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु ३ हजार ६ सय ५० कायम गरेको छ। मन्त्रिपरिषद्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिई भिटी)को सदस्यसचिवमा महेश भट्टराईलाई नियुक्त गरेको मन्त्री शर्माले जानकारी दिनुभयो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ