काठमाडौं : स्पेनिस क्लब सेभियाले युरोपा लिगको उपाधी जितेको छ। इटालियन क्लब रोमालाई टाइब्रेकरमा ४-१ ले पराजित गर्दै सेभियाले उपाधि हासिल गरेको हो।
बुधबार राति पुस्कास एरिना बुढापेस्ट, हंगेरीमा भएको खेलमा निर्धारित समयमा १/१ गोलको बराबरी रोकिए पछि ट्राइबेकरमा खेललाई लगिएको थियो।सुटआउटमा सेभियाका लागि लुकास ओकम्पास, एरिक लामेला, इभान राकिटिच र गोन्जालो मोन्टिएलले गोल गरे। रोमाका लागि पहिलो पेनाल्टी प्रहार गरेका ब्राएन क्रिस्टान्टेले मात्र गोल गरे भने जियानलुका मान्सिनी र रोजर एभालेजले गोल गर्न सकेनन्।
सेभियाले कीर्तिमानी सातौं पटक युरोपा लिग जितेको हो । सेभिया सातपटक फाइनल पुग्दा सबै सात संस्करणमा नै च्याम्पियन बन्न सफल भएको छ। सन् २००६ मा पहिलो पटक युरोपा जितेको सेभियाले त्यसयता २००७, २०१४, २०१५, २०१६ र २०२० मा युरोपा लिगको उपाधि जितेको थियो ।



