२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्सेमा दोहोरो अंकको वृद्धि

images

  • २०८० जेठ १८, बिहीबार
  • 1.9K
    SHARES
  • नेप्सेमा दोहोरो अंकको वृद्धि

    काठमाडौं : बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले वृद्धि भएर बन्द भएको छ। बिहीबार बजार परिसूचक नेप्से १६.५४ अंकले वृद्धि हुँदा १८६६.३४ अंकको बिन्दुमा बन्द भएको छ।

    बजेटको अघिल्लो दिन १७.३५ अंकले घटेको नेप्से १५ जेठमा बजेट वाक्य सार्वजनिक भएपछि १६ जेठ र १७ जेठमा क्रमशः ५३.१६ अंक र ३८.८२ अंकको गिरावट आएको थियो। बजेटपछिको ३ दिनको कारोबारमा १०९.३३ अंकले गिरावट आएको थियो । त्यसअगाडि कारोबार भएको लगातार ७ दिनसम्म नेप्से कुल १४० अंकले बढेको थियो।

    बिहीबार भने सबै उपसूचकमा वृद्धि हुँदा नेप्से पनि बढेको हो। निर्जीवन बीमा उपसूचक सर्वाधिक १.९३ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक १.४९ प्रतिशतले वृद्धि भएको छ।


    नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने घटेको छ। बुधबार नेप्सेमा कुल २ अर्ब ३१ करोड ५२ लाखको सेयर कारोबार भएको थियो । तर, बिहीबार भने कारोबार रकम घटेर १ अर्ब ६५ करोड ४६ लाखमा झरेको छ। २९ हजार ९२२ वटा कारोबारमा ६१ लाख २८ हजार ६२१ कित्ता सुचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो।

    जसमध्ये प्रभु बैंकको संस्थापक सेयर २३ करोड २१ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको ११ करोड २५ लाख र एनआईसी एशिया बैंकको ४ करोड ५६ लाखको सेयर कारोबार भएको छ।

    नेप्सेमा बिहीबार कुल २१९ सुचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १७१ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ३७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै ११ कम्पनीको सेयरमूल्य स्थिर छ।

    बिहीबार कारोबार भएकोमा जोशी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ६.९४ प्रतिशतले वृद्धि भएको छ भने विपीडब्लु लघुवित्तको सेयरमूल्य ६.०८ प्रतिशत र एशियन हाइड्रोपावरको सेयरमूल्य ५.०७ प्रतिशतले वृद्धि भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ