२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

यस्तो छ आजको सुनको मुल्य

images

सत्कार खबर
  • २०८० जेठ १९, शुक्रबार
  • 796
    SHARES
  • यस्तो छ आजको सुनको मुल्य

     काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड कायम गरिरहेको छ। गत कारोबार दिन अर्थात् बिहीबार प्रतितोला पाँच सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रुपैयाँ बढेर फेरि नयाँ रेकर्ड राखेको हो।

    आज सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा आठ सय रुपैयाँ बढी हो। यो मूल्य हाल सम्मकै उच्च हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

    बिहीबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो।   त्यसैगरी, शुक्रबार पनि चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।  बिहीबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा किनबेच भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ