ठमाडौं :- आर्थिक वर्ष २०८०/८१ को बजेटबारे आजदेखि प्रतिनिधि सभामा छलफल गरिने भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले यही जेठ १५ गते संसद्मा प्रस्तुत गरेको बजेटमा आजदेखि सांसदहरूको धारणा लिइने भएको हो ।
त्यसका लागि संसद् भवन (नयाँ बानेश्वर) मा अहिले बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा अर्थमन्त्री महतले ‘आर्थिक वर्ष २०८०/८१ राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तै आजको बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । नेपाली कांग्रेसकी नेतृ एवं पूर्वमन्त्री मीना पाण्डेको गत मंगलबार निधन भएको छ ।



