२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मलेसियाविरुद्ध शृखंला जित्न नेपाललाई ११० रनको लक्ष्य

images

  • २०८० जेठ २१, आइतबार
  • 821
    SHARES
  • मलेसियाविरुद्ध शृखंला जित्न नेपाललाई ११० रनको लक्ष्य

    काठमाडौं : मलेसियाविरुद्धको महिला टी–२० शृखंला जित्न नेपालले ११० रनको लक्ष्य पाएको छ । शृखंलाको पाँचौ तथा निर्णायक खेलमा युकेएम(वाईएसडी ओभलमा मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दै पाँच विकेट गुमाएर १०९ रन बनाएको हो ।यसअघिको चार खेलमा नेपाल र मलेसियाले २२ खेल जितेकोले आजको खेल जित्ने टिमले शृखंला जित्नेछ ।

    मलेसियाको लागि ओपनर वान जुलियाले सर्वाधिक ४७ रन बनाइन् । विनफ्रेड दुराइसिंगमले २४ र माहिरा इजातीले २० रन बनाइन् । पहिलो विकेटका लागि वान जुलिया र विनफ्रेड दुराइसिंगमले ३८ रनको साझेदारी गरेका थिए ।

    नेपालकी कविता जोशीले आठौं ओभरमा विनफ्रेडलाई एलबीडब्लु धरापमा पार्दै साझेदारी तोडिन् । त्यही ओभरमा कप्तान मास एलिसालाई कविता जोशीले एलबीडब्लु आउट गरिन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ