काठमाडौं :सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको वडा नं–८ देउसामा वडा कार्यालय भवनको उद्घाटन गरिएको छ ।नवनिर्मित उक्त भवनको सोमबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गर्नुभएको हो ।
नवनिर्मित वडा कार्यलय उद्घाटन गर्दै अध्यक्ष राईले जनताको काम अब नयाँ वडा कार्यालयबाट हुने बताउंदै समस्या बुझेर छिटोछरितो ढंगले सेवा प्रवाह गर्न निर्देशन दिनु भएको छ । गाउँपालिका अध्यक्ष राईले पालिकालाई समृद्धिको दिशामा डोर्याउन आफू दिनानुदिन लागिरहेको प्रष्ट पार्नु भयो । उहाँले नागरिकलाई सहजरूपमा सेवा प्रवाह गर्नको लागि कर्मचारी टोलिलाई समेत अनुरोध गर्नुभयो ।
यो संगै गाउँपालिकाको चार वटा वडाको नयाँ भवन निर्माण सम्पन्न भइ सेवा संचालन भएको छ । जिल्लामै वडा भवन निर्माण गरि सेवा प्रवाह गर्ने थुलुङ दुधकोशी ८ पाँचौ वडा बनेको छ ।
कार्यक्रम वडा नम्बर ८ वडाध्यक्ष राजेश किराँतीको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उपाध्यक्ष सविता राई, वडा नम्बर ७ देउसाका वडाध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्की, वडा नम्बर ३ पञ्चनका वडाध्यक्ष इन्द्रमणी दाहाल(राजन)वडा नम्बर ६ मुक्लीका वडाध्यक्ष महेन्द्रदीप राई त्यस्तै स्थानीय, बुद्धिजिवी एवं सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।



