२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सेयर बजार परिसूचक नेप्से ४.६८ अंकले वृद्धि

images

सत्कार खबर
  • २०८० जेठ २४, बुधबार
  • 1.0K
    SHARES
  • सेयर  बजार परिसूचक नेप्से ४.६८ अंकले वृद्धि

    काठमाडौं: बुधबार सेयर बजार परिसूचक नेप्से ४.६८ अंकले वृद्धि हुँदा १९३२.३३ अंकको विन्दुमा बन्द भएको छ ।बुधबार म्युचुअल फण्ड उपसूचक ०.६२ प्रतिशतले गिरावट हुँदा होटल तथा पर्याटन उपसूचक ०.४६ प्रतिशत र बैंकिङ उपसूचक गिरावट भएको छ । यता व्यापार उपसूचक सर्वाधिक ४.९७ प्रतिशतले गिरावट हुँदा लघुवित्त उपसूचक १.२२ प्रतिशत र विकास बैंक उपसूचक १.१४ प्रतिशतले गिरावट भएको छ ।

    नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । करिब १८०० अंकको विन्दुमा सेयर किनेका लगानीकर्ताले बुधबार नाफा बुक गर्न खोज्दा नेप्सेमा तीव्र उतारचढाव देखियो भने कारोबार रकम पनि बढेको हो । मंगलबार करिब २ अर्बको कारोबार भएको बजारमा बुधबार बढेर २ अर्ब ३६ करोड ८८ लाखको सेयर कारोबार भएको छ ।

    ४१ हजार ६१३ वटा कुल कारोबारमा ६५ लाख ४१ हजार ३८८ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको छ । बुधबार कारोबार भएकामध्ये सोल्टी होटलको सर्वाधिक १० करोड १३ लाख रुपैयाँको सेयर कारोबार हुँदा शिवम् सिमेन्टको ८ करोड ९७ लाख र नागरिक लगानी कोषको ६ करोड ९० लाखको सेयर कारोबार भएको हो ।

    बुधबार दिनभर नेप्सेमा कुल २१९ सुचिकृत कम्पनीको सेयर कारोबार भएकोमा १३७ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै ७४ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ८ कम्पनीको सेयरमूल्य स्थिर छ ।

    बुधबार कारोबार भएकोमध्ये युनिक नेपाल लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा खप्तड लघुवित्तको सेयरमूल्य ८.०२ प्रतिशत र स्वावलम्बन लघुवित्तको सेयरमूल्य ५.९६ प्रतिशतले वृद्धि भएको छ ।

    मनकामना स्मार्ट लघुवित्तको सेयरमूलय सर्वाधिक ३.६५ प्रतिशतले वृद्धि हुँदा न्यादी हाइड्रोपावरको सेयरमूल्य २.३३ प्रतिशत र गार्खाज फाइनान्सको सेयरमूल्य २.३२ प्रतिशतले गिरावट भएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ