२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चर्च ब्वाइज र खुमलटार भिड्दै गर्दा खेल मैदानमै भयो विवाद

images

सत्कार खबर
  • २०८० जेठ २६, शुक्रबार
  • 761
    SHARES
  • चर्च ब्वाइज र खुमलटार भिड्दै गर्दा खेल मैदानमै  भयो  विवाद

    काठमाडौं :शहीद स्मारक ‘‘ए’ डिभिजन लिगमा खुमलटारका अफिसियलहरु असन्तुष्ट बन्दा फुटबल खेल मैदानमा नै तनावग्रस्त बनेको छ। चर्च ब्वाइज र खुमलटारको खेलमा रेफ्री प्रज्वल क्षेत्रीमाथि अफिसियलहरु असन्तुष्ट बनेसँगै खेलमैदानमा तनावग्रस्त बनेको हो।

    खेलको २१औँ मिनेटमा एरिक बिष्टको फ्रि–किकमा सुनिल साहले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए। राजीव लोप्चनले अञ्जन बिष्टलाई खराब ट्याकल गर्दा चर्च ब्वाइजले फ्रिकिक पाएको थियो। २६औँ मिनेटमा मेसुके ओलोमोउले पेनाल्टीमा पाएको अवसरमा गोल गर्न सकेनन्। पहिलो हाफको अतिरिक्त समयमा भने मैदानको अवस्था थप तात्यो।

    इन्ज्युरी समयमा खुमलटारका अफिसियलहरु झगडामा उत्रिए। खुमलटारका मेनेजर अञ्जन राना क्षेत्रीलगायतले दुई पटक ह्याण्डबल हुनुपर्नेमा नदिएको भन्दै रेफ्री प्रज्जवल क्षेत्रीमाथि हातपातमा उत्रिएका हुन्। त्यसपछी रेफ्रीले तीनजना अफिसियललाई रेडकार्ड दिए। रेडकार्ड पाएपछि अझ उग्र बनेका अफिसियल र बेन्चका खेलाडीहरु रेफ्रीमाथि खनिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ