२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एसीसी महिला टी-२० : पाकिस्तान ए सँग नेपाल पराजित

images

सत्कार खबर
  • २०८० जेठ ३०, मंगलबार
  • 1.1K
    SHARES
  • एसीसी महिला टी-२० : पाकिस्तान ए सँग नेपाल पराजित

       काठमाडौं :एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तान ए सँग पराजित भएको छ । हङकङको मङकङमा आज भएको खेलमा नेपाललाई ९ रनले हराउँदै पाकिस्तान विजयी भयो ।  

    पाकिस्तानले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७८ रनमा समेटियो ।  नेपालकी कविता कुँवरले सर्वाधिक २० रन बनाईन् । यस्तै, कविता जोशीले १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । पाकिस्तानका सईदा शाह र तुवा हसनले समान २–२ तथा अनुशा नासिर र उम्मि हानीले १–१ विकेट लिए । 

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर २ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो । नेपालका ईन्दु बर्माले ३ तथा कविता जोशी, कविता कुवँर र सीता रानामगरले २–२ विकेट लिए । यो जितसँगै पाकिस्तानसमूह ए को शीर्ष स्थानमा उक्लिएको छ । पराजित भएको नेपाल दोस्रो स्थानमा छ ।  नेपालले दोस्रो खेल १५ जुनमा भारतसँग र १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ