काठमाडौं :मंगलबार नेप्से परिसूचक ३४.१७ अंकले बढेको छ। यस दिन नेप्से १.७२ प्रतिशतले बढेर २०२०.६४ बिन्दुमा बन्द भएको छ। मंगलबार नेप्सेका सबै उपसूचकमा वृद्धि हुँदा नेप्सेका सबै उपसूचक बढेको छन् ।
उत्पादनमूलक उपसूचक सर्वाधिक ४.३२ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक २.६४ प्रतिशतले वृद्धि भएको छ । मंगलबार नेप्सेमा ४ अर्ब १२ करोड ६७ लाखको कारोबार भएको छ । ७० हजार ७५९ वटा कारोबारमा १ करोड ८ लाख १ हजार ६९३ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।
जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक २७ करोड ६७ लाखको कारोबार भएको छ । यस्तै हिमालयन डिस्टिलरीको १७ लाख ५१ हजार र आईएमई जनरल इन्स्योरेन्सको १६ करोड २७ लाखको कारोबार भएको हो ।
मंगलबार नेप्सेमा कुल २२३ सुचिकृत कम्पनीको सेयर कारोबार भएकोमा १९६ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । यस्तै २२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ५ कम्पनीको सेयरमूल्य स्थिर छ ।
मंगलबार वीन नेपाल लघुवित्तको सेयरमूल्य १० प्रतिशतले वृद्धि हुँदा भूगोल इनर्जी र सिटी होटलको सेयरमूल्य ९.९७ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै हिमालयन डिस्टिलरीको ८.८० प्रतिशत र शिवम् सिमेन्टको सेयरमूल्य ८.२३ प्रतिशतले वृद्धि भएको छ ।



