काठमाडौं :बुधबार सुन र चाँदीको मूल्य घटेको छ । मंगलबार १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य आज १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजोको तुलनामा आज सुनको मूल्य ९ सय रुपैयाँले घटेको हो ।
यस्तै आज तेजावी सुनको मूल्यमा पनि सामान्य ९ सय रुपैयाँले नै गिरावट आएको छ । आज तेजावी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ तोकिएको छ । हिजो तेजावी सुनको मूल्य १ लाख १२ हजार १५० रुपैयाँ कायम गरेको हो ।
हिजोको तुलनामा चाँदीको मूल्य आज २५ रुपैयाँले घटेको छ । मंगलबार चाँदीको मूल्य १ हजार ४५० रुपैयाँमा कायम थियो । आज भने सुनको मूल्य १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।



