२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आईसीसी एक दिवसीय विश्वकप छनोट : नेपाल जिम्बाब्बेसँग खेल्दै

images

  • २०८० असार ३, आइतबार
  • 1.3K
    SHARES
  • आईसीसी एक दिवसीय विश्वकप छनोट  : नेपाल जिम्बाब्बेसँग खेल्दै

    काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका खेलहरु आजदेखि जिम्बाब्वेमा सुरु हुँदैछ। पहिलो खेलमा नेपालले आज घरेलु टोली जिम्बाब्वेको सामना गर्दैछ। 


    समूह ए मा रहेका नेपाल र जिम्बाब्वेबीचको खेल हरारे स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार पौने एक बजे सुरु हुनेछ। नेपालले पहिलो पटक टेष्ट मान्यता प्राप्त टोलीसँग एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल खेल्न लागेको हो।

    विश्वकप छनोटमा नेपालको खेल

    विश्वकप छनोटमा सहभागी १० टिम २ समूहमा विभाजित छन्। समूह ‘ए’मा रहेको नेपालसँगै घरेलु टिम जिम्बाब्वे, अमेरिका, वेस्ट इन्डिज र नेदरल्यान्ड्स छन्। समूह ‘बी’मा आयरल्यान्ड, श्रीलंका, यूएई, ओमान र स्कटल्यान्ड छन्।

    नेपालले ३ असारमा जिम्बाब्वे, ५ असारमा अमेरिका, ७ असारमा वेष्ट इन्डिज र ९ असारमा नेदरल्याण्ड्ससँग खेल्नेछ । समूहका शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ