काठमाडौं :-विश्वकप क्रिकेट छनोटमा नेपालले जिम्बाव्वेविरुद्ध राम्रो सुरुवात गरेको छ । हरारेमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले १६ ओभरको खेल सकिँदा बिना क्षति ६८ रन बनाएको छ ।
नेपालका ओपनर कुशल भुर्तेल ४२ र आसिफ शेख २२ रनमा खेलिरहेका छन् ।नेपाल र जिम्बावेले हालसम्म एक मात्र ५० ओभरको खेल खेलेको छ ।
२०१८ मा जिम्बावेमा नै आयोजना भएको विश्वकप छनोट खेलमा नेपाल र जिम्बावेबीच खेल भएको थियो । २०१८ को विश्वकप छनोटको समयमा नेपालसँग ओडिआई मान्यता नरहेकाले उक्त खेल लिस्ट ए मान्यताको भएको थियो । नेपालको जिम्बावेसँग यो खेल नै पहिलो र अन्तिम एकदिवसीय खेल रहेको छ ।



