२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

जिम्बावेविरूद्ध ऐतिहासिक शतक बनाउन एक रनले चुके कुशल

images

सत्कार खबर
  • २०८० असार ३, आइतबार
  • 1.1K
    SHARES
  • जिम्बावेविरूद्ध ऐतिहासिक शतक बनाउन एक रनले चुके कुशल

    काठमाडौं:आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोटमा घरेलु टोली जिम्बावेसँगको खेलमा कुशल भुर्तेल ९९ रनमा आउट भएका छन् ।

    कुशल खेलको ३१ ओभर ५ बलमा ९९ रनमा आउट भएका हुन्। ९५ बलको सामना गरेका उनले १३ चौका र २ छक्का प्रहार गरे । कुशल जिम्बावेका वेलिङ्टन मस्कादाको बलमा बोल्ड भए । कुशल एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक बनाउनबाट १ रनले चुके ।

    पहिलो विकेटका लागि कुशल र आसिफले ३१ ओभर ५ बलमा १ सय ७१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा कुनै पनि विकेटका लागि गरेको सर्वाधिक रनको साझेदारी हो ।विश्वकप छनोटमा नेपालका लागि पहिलो खेलमा नै चुनौती छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ