२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्सेमा उत्साह बढ्यो : एकैदिन ५२ अंकमाथिको वृद्धि

images

सत्कार खबर
  • २०८० असार ३, आइतबार
  • 1.3K
    SHARES
  • नेप्सेमा उत्साह बढ्यो : एकैदिन ५२ अंकमाथिको वृद्धि

    काठमाडौं :- साताको पहिलो कारोबार दिन नेप्से ५२.२६ अंकले वृद्धि हुँदा २०९४.३३ को विन्दुमा रोकिएको छ । आइतबार करिब ५ अर्ब नजिकको कारोबार भएको छ । आइतबार नेप्सेमा ७० हजार ६४७ वटा कारोबारमा १ करोड २० लाख ९५ हजार ९६६ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ४ अर्ब ८६ करोड ९२ लाखको कारोबार भएको छ ।

    आइतबार नेप्सेमा बैंकिङ बाहेकका सबै उपसूचकमा वृद्धि हुँदा नेप्से २।५६ प्रतिशतले बढेको हो । बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा ०.२९ प्रतिशतको गिरावटका बाबजुत पनि नेप्से साढे २ प्रतिशत भन्दा माथिले बढेको हो । आइतबार नेप्सेमा जीवन बीमा उपसूचक ६.३८ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन उपसूचक ६.१५ प्रतिशत र अन्य उपसूचक ६ प्रतिशतले बढेको छ ।

    नेप्सेमा कारोबार रकम बढ्दै जाँदा शिवम् सिमेन्टको सर्वाधिक ३६ करोड ६५ लाखको सेयर कारोबार भएको छ । यस्तै आईएमई जनरल इन्स्योरेन्सको करिब १६ करोड ९४ लाखको कारोबार हुँदा सोल्टी होटलको १६ करोड ६६ लाखको कारोबार भएको छ ।

    आइतबार नेप्सेमा कुल २२२ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १९० कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै २८ कम्पनीको सेयरमूल्य गिरावट हुँदा ४ कम्पनीको स्थिर छ । जसमध्ये नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ग्रिन भेञ्चर लिमिटेड, सुपर माइ हाइड्रोपावर आत्मनिर्भर लघुवित्त र मेच्छियाम हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै सिटी होटलको सेयरमूल्य ९.९६ प्रतिशत र महुली लघुवित्तको सेयरमूल्य ९.९५ प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

    शुभम् पावर कम्पनीको सेयरमूल्य भने ५.५८ प्रतिशत र अभियान लघुवित्तको सेयरमूल्य ४.०१ प्रतिशतले गिरावट हुँदा सिटिजन्स म्युचुअल फण्ड १ को इकाइमूल्य ५.३१ प्रतिशतले गिरावट भएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ