काठमाडौं : विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको छ।
टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै एक दिवसीय क्रिकेटमा तेस्रो ठूलो योगफल २९० रन बनाएको थियो। जिम्बाव्वेविरुद्ध ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १७१ रनको कीर्तिमानी साझेदारी गरेका थिए। कुशल एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक बनाउन १ रनले चुकेका थिए। जिम्बाव्वेका वेलिङटन मसाकान्डाले कुशललाई ९९ रनमा बोल्ड गरेका थिए। अर्का ओपनर आसिफ शेख १०० बलमा ७ चौका सहित ६६ रनमा बनाएका थिए।
कुशल मल्ल ४१ तथा रोहितकुमार पौडेल ३१ रनमा आउट भएका थिए। गुल्सन झा १३ रन, आसिफ शेख १० तथा दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए भने भीम सार्कीले खाता नै खोल्न सकेनन्। करण केसी २ तथा सोमपाल कामी खाता नै नखोली नटआउट रहेका थिए।
नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बावेले ४४.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो। जिम्बाव्वेका लागि १६४ रनको साझेदारी गरेका क्रेग इर्भिन र सेन विलियम्स दुवैले नट आउट शतकीय पारी खेलेका थिए।कप्तान इर्भिनले १२८ बलमा नटआउट १२१ रन र विलियम्सले ७० बलमा १०२ रन बनाएका थिए। वेस्ली मधेभरे ३२ तथा जोयलर्ड गम्बी २५ रनमा आउट भएका थिए। नेपालका लागि सोमपाल कामी र गुल्शन झाले १/१ विकेट लिएका थिए।
समूह ए मा नेपालले दोस्रो खेल मंगलबार अमेरिकासँग खेल्नेछ।



