२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आईसीसी एक दिवसीय विश्वकप छनोट: श्रीलंकाले युएईलाई दियो ३५६ रनको लक्ष्य

images

सत्कार खबर
  • २०८० असार ४, सोमबार
  • 806
    SHARES
  • आईसीसी एक दिवसीय विश्वकप छनोट: श्रीलंकाले युएईलाई दियो ३५६ रनको लक्ष्य

    काठमाडौं : कुशल मेन्डिजको ७८ रनप्रेरित श्रीलंकाले आईसीसी क्रिकेट विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘बी’मा युएईलाई तीन सय ५६ रनको लक्ष्य दिएको छ।

    जिम्बाब्वेको क्विन्स स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर तीन सय ५५ रनको योगफल तयार गर्यो।

    ओपनर पाथुम निसान्का र दिमुथ करुणारत्नेले पहिलो विकेटका लागि ९५ रनको साभेदारी गर्दै श्रीलंकालाई राम्रो सुरुआत दिलाएका थिए। निसान्काले ७६ बलमा पाँच चौकासहित ५७ रन बनाउँदा करुणारत्नेले ५४ बलमा सात चौकासहित ५२ रनको योगदान गरे।

    यस्तै, विकेटकिपर ब्याटर मेन्डिजले ६३ बलमा १० चौकासहित ७८ तथा सदीरा समाराविक्रमाले ६४ बलमा ९ चौकासहित ७३ रन जोडे। चरिथ असालन्का ४८ तथा वानिन्दु हसारंगा २३ रनमा अविजित रहे।

    युएईका लागि अली नसिरले दुई तथा रोहन मुस्तफा, आयान अफ्जल खान र बासिल हामिदले एक–एक विकेट लिए। आइतबारदेखि सुरु भएको ग्लोबल छनोटमा आज समूह बीका खेल भइरहेका छन्। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ