काठमाडौं : बुधबार सुन र चाँदीको मूल्य घटेको छ। सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुनको मूल्य एक लाख ११ हजार, तेजावी सुनको मूल्य एक लाख १० हजार ४५० र चाँदीको मूल्य १३ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
मंगलबार एक लाख ११ हजार ८ सयमा छापावाल र एक लाख ११ हजार २५० रुपैयाँमा तेजाजी सुनको कारोबार भएको थियो। यस्तै, हिजो चाँदीको कारोबार प्रतितोला १३ सय ८५ रुपैयाँमा भएको थियो।



