२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाल राष्ट्र बैंकले १० अर्बको रिभर्स रिपो जारी गर्दै

images

  • २०८० असार ७, बिहीबार
  • 1.2K
    SHARES
  • नेपाल राष्ट्र बैंकले १० अर्बको रिभर्स रिपो जारी गर्दै

    काठमाडौं : केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ। बैंक तथा वित्तीय संस्थामा ३ खर्ब भन्दा बढी लगानी योग्य पुँजी (तरलता) थुप्रिएपछि बैंकले रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्न लागेको हो।  

    बैकका अनुसार आज ७ दिनका लागि रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ प्रशोचन गर्न खोजिएको हो। बजारमा तरलता अभाव हुँदा केन्द्रीय बैंकले रिपोमार्फत बैंक तथा वित्तीय संस्थाहरुलाई पैसा सापटी दिन्छ भने बजारमा अधिक तरलता हुँदा रिभर्स रिपोमार्फत पैसा प्रशोचन गर्ने गर्छ। 

    पछिल्लो पटक केन्द्रीय बैंकले १० अर्ब रुपैयाँ प्रशोचन गर्दै गर्दा बजारमा तरलता थुप्रिएको सहजै अनुमान गर्न सकिन्छ । उसो त तरलता सहज भएसँगै यता अन्तर बैंकदर समेत घटेर ४.०१ प्रतिशतमा झरेको छ।

    मौद्रिक नीतिको समीक्षाले बैंक दर ७ प्रतिशतमा झारेसँगै अन्तरबैंक ब्याजदर समेत ४ प्रतिशत हारहारी आइपुगेको छ। त्यसपछि बैंकले रिफर्स रिपोमार्फत बैंक तथा वित्तीय संस्थाहरुबाट तरलता प्रशोचन शुरु गरेको हो। राष्ट्र बैंककाअनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा ५५ खर्ब ६७ अर्ब भन्दा बढी निक्षेप जम्मा हुँदा ४८ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको मात्र लगानी हुन सकेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ