काठमाडौं :आईसीसी एकदिवशीय विश्वकप छनोटअन्तर्गत समूहको भइरहेको खेलमा वेस्टइन्डिजबिरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ। नेपालका लागि सन्दीप लामिछानेले ब्रान्डन किंगको विकेट लिएका हुन् ।
सन्दीपले नेपालको १५.३ ओभरमा किंगलाई आउट गराएका हुन् । सन्दीपले आफ्नो दोस्रो ओभरको तेस्रो बलमा किंगको विकेट लिएका हुन्। करण केसीले पहिलो विकेटका रुपमा कैल मेयर्स लाई आउट गरेका थिए । गुलसन झाले दोस्रो विकेट लिएका थिए ।



