२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सेयर बजार : नेप्से सामान्य अंकले वृद्धि

images

  • २०८० असार ७, बिहीबार
  • 1.0K
    SHARES
  • सेयर बजार : नेप्से सामान्य अंकले वृद्धि

    काठमाडौं : साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य अंकले वृद्धि भएको छ। बिहीबार ४.७५ अंकले बढेको बजार २०५५.५३ बिन्दुमा पुगेको छ। बिहीबार होटेल एण्ड टुरिजम, जीवन बीमा र निर्जीवन बीमामा वृद्धि आएको छ। अन्य उपसूचकहरु भने गिरावट आएको छ।

    बिहीबार २७६ धितोपत्रको ५६ हजार ५५६ वटा कारोबारबाट ८० लाख ८ हजार २४६ कित्ता सेयर किनबेच भएको छ। बिहीबार कारोबार रकम ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार ५०१ भएको छ।

    बिहीबार तारागाउँ रिजेन्सी, ओरियन्टल होटल, कालिञ्चोक दर्शन प्रालि, बीपीडब्ल्यू लघुवित्त, सिटी होटल, हिमालयन लाइफ इन्स्योरेन्स र सोल्टी होटेलको मूल्य सकारात्मक सर्किट बढेको छ।

    सिटिजन्स म्यूचल फण्ड, इङ्वा हाइड्रो, नेष्डो समृद्ध लघुवित्तसहितका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। आज सोल्टी होटेल, हिमालयन डिष्ट्रलरी, शिवम् सिमेन्ट, नागरिक लगानी कोषलगायत कम्पनीको सर्वाधिक कारोबार भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ