काठमाडौं : कप्तान शाई होप र निकोलस पुरनको उत्कृष्ट शतकको सहयोगमा वेस्ट इन्डिजले नेपाललाई ३ सय ४० रनको लक्ष्य दिएको छ।
आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इण्डिजबाट ३४० रनको विशाल लक्ष्य पाएको छ। जुन नेपालले अहिलेसम्मकै ठूलो लक्ष्य पाएको मध्ये एक हो।
जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ३९ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि शाई होप र निकोलस पुरनले शतकीय ईनिङ खेलेका थिए। उनी ललित नारायण राजवंशीको बलमा आउट भएका थिए।
सुरुवातमै शीर्षक्रमका तीन ब्याटरलाई सस्तैमा आउट गर्न सफल रहे पनि त्यसपछि नेपाली बलरहरु विकेटका लागि संघर्ष गरिरहेका थिए।
पहिलो पावर प्लेमा नेपालले वेस्ट इन्डिजको दुई विकेट लिदै ३० रन मात्र दिएको थियो। नेपालले दोस्रो ओभरको तेस्रो बलमा नै पहिलो विकेट लिएको थियो। नेपालका लागि करण केसीले ओपनर कायल मेयर्सलाई १ रनमा आउट गराएका थिए।
पाँचौं ओभरको पहिलो बलमा गुलसन झाले जोनसन चाल्र्सलाई आउट गराएका थिए। तेस्रो विकेटका लागि ब्रेन्डन किंग र कप्तान शाई होपले ४६ रनको साझेदारी गरेका थिए। यस साझेदारीको सहयोगमा वेस्ट इन्डिज खेलमा फर्कने कोशिश गरेको थियो। तर, ब्रान्डन किंग सन्दीप लामिछानेको बलमा आउट भएसँगै साझेदारी तोडिएको थियो।
नेपालका लागि ललितनारायण राजवंशीले ३ तथा करण केसी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र गुलसन झाले समान १र१ विकेट लिएका छन्।



