काठमाडौं : आज शुक्रवार सुनचाँदी दुवैको भाउ घटेको छ। आज छापावाला सुनको भाउ ७ सय रुपैयाँले घटेर १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो छापावाला सुनको भाउ १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो। सुनको भाउमा सोमबारदेखि लगातार गिरावट आएको हो। सुनको भाउ हिजो बिहीवार तोलामा ५ सय र अस्ति बुधवार ८ सय रुपैयाँले गिरावट आएको थियो।
यसैबिच, आज तेजावी सुनको भाउ ६५० रुपैयाँले घटेको हो। आज तेजावी सुनको भाउ १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुनको भाउ १ लाख ९ हजार ९५० रुपैयाँ कायम थियो।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। तोलामा २५ रुपैयाँले घटेर चाँदी आज १ हजार ३ सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ।



