२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आईसीसी एक दिवसीय विश्वकप छनोट : सुपर सिक्समा पुग्ने नेपालको सम्भावना कति ?

images

  • २०८० असार ८, शुक्रबार
  • 2.1K
    SHARES
  • आईसीसी एक दिवसीय विश्वकप छनोट : सुपर सिक्समा पुग्ने नेपालको सम्भावना कति ?

    काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा भोलि शनिबार नेपालले नेदरल्यान्ड्ससँग सामना गर्दैछ। नेपालले  आफ्नो अन्तिम खेलमा भोलि नेदरल्यान्ड्सलाई पराजित गरे मात्र सुपर सिक्समा पुग्ने सम्भावना बलियो रहेको छ। नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेर मात्र पुग्ने छैन। सोमबार हुने समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्स वेस्ट इन्डिजसँग पनि पराजित हुनु पर्नेछ। 


    नेपालले सुपर सिक्समा स्थान बनाउन नेदरल्यान्ड्सले बाँकी रहेका दुई खेल हार्नु पर्ने हुन्छ।  यदि  शनिबार नेपालसँग फराकिलो हार व्यहोरेर सोमबार वेस्ट इन्डिजसँग कम अन्तरले जित हात पारेमा पनि नेदरल्यान्ड्को नेटरन रेटको आधारमा सुपर सिक्सको सम्भावना सकिनेछ। अहिले नेदरल्यान्ड्सको नेटरनरेट माइनस ०.१६७ र नेपालको  माइनस ०.६३८ छ।

    समूह ए मा रहेकोे अमेरिका समूह चरणबाटै बाहिरिएको छ। जिम्बावे र वेस्ट इन्डिज लगातार दुई खेलमा जित हात पार्दै सुपर सिक्सको स्थान लगभग पक्का भईसकेको छ।

    समूह ए बाट तेस्रो टोलीको रुपमा नेपाल र नेदरल्यान्ड्स मध्ये एक टोली सुपर सिक्समा स्थान बनाउने छन्। नेपालले नेदरल्यान्ड्सलाई हराउँदा ४ अंक हुन्छ। सुपर सिक्समा पुग्न त्यो ४ अंक नै पर्याप्त हुनसक्ने देखिन्छ। नेपाल ४ अंकका साथ सुपर सिक्स खेल्न अन्तिम खेलमा नेदरल्यान्ड्सले वेस्ट इन्डिजसँग पराजित हुनु पर्नेछ।

    यदि नेदरल्यान्ड्सले अप्रत्याशित नतिजाका साथ वेस्ट इन्डिजलाई हराएमा भने समान ४ अंक हुनेछ। यो अवस्थामा नेटरनरेटमा भरपर्ने देखिन्छ। यससँगै एक खेल्न बाँकी रहेको नेपाल ३ खेलमा २ मा हार र १ मा जितका साथ २ अंकका साथ चौथो स्थानमा छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ