२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अमेरिकी बलर फिलिप परे निलम्बनमा

images

  • २०८० असार ८, शुक्रबार
  • 1.5K
    SHARES
  • अमेरिकी बलर फिलिप परे निलम्बनमा

    एजेन्सी:अमेरिकाका तीब्र गतिका बलर काइल फिलिप गैरकानुनी बलिङ एक्सन प्रयोग गरेको भन्दै निलम्बनमा परेका छन्।
    जिम्बाबेमा जारी आईसीसी विश्वकप छनोटमा अमेरिकाको टोलीमा रहेका फिलिप खराब बलिङ एक्सनका कारण निलम्बनमा परेका हुन्।


    वेष्ट इन्डिजविरुद्धको खेलमा फिलिपले तीन विकेट लिएका थिए। तर खेलपछि म्याचका अधिकारी र क्यारेवियन टोलीले अमेरिकन खेलाडीविरुद्ध रिपोर्ट गरेका थिए।

    आईसीसीले यसबारेमा छानबिन गर्दा २६ वर्षीय फिलिपले अवैध बलिङ एक्सन प्रयोग गरेको पुष्टि गरेको थियो। आरोप पुष्टि भएपछि फिलिपलाई आर्टिकल ६.७ को नियम अनुसार तत्काल कारबाही गरिएको आईसीसीले जनाएको छ। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ