२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
आईसीसी एक दिवसीय विश्वकप छनोट

नेपाल १ सय ६७ रनमा अलआउट

images

  • २०८० असार ९, शनिबार
  • 1.5K
    SHARES
  • नेपाल १ सय ६७ रनमा अलआउट
    काठमाडौं : आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेदरल्यान्ड्सविरूद्धको महत्वपूर्ण खेलमा नेपालले कमजोर ब्याटिङ गरेको छ।

    शनिबार नेपाल ४४.३ ओभरमा १६७ रनमै आउट भएपछि नेदरल्यान्ड्सले १६८ रनको सामान्य लक्ष्य पाएको छ। जिम्बावेको टाकाशिंगा स्पोर्ट्स क्लबमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४४ ओभर ३ बलमा १ सय ६७ रनमा अलआउट भयो।

    नेदरल्यान्ड्सको तीव्र गतिका बलरसामू नेपाली ब्याटरले खुलेर ब्याटिङ गर्न सकेनन्।

    नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाएका थिए। यस्तै, सन्दीप लामिछानेले २७, गुल्सन झाले १५, दिपेन्द्रसिंह ऐरीले १४, कुशल मल्लले १२, आरिफ शेखले ६, भीम सार्कीले २२, करण केसीले १ र कुशल भुर्तेलले २७ रन बनाएका थिए। आशिफ शेखले खाता पनि खोल्न सकेनन्।

    बलिङमा नेदरल्यान्ड्सका भान वीकले ४ विकेट लिएका थिए। डि लीड र बिक्रमजितले २/२ विकेट हात पारेका थिए।

    समूह ‘ए’ बाट सुपर सिक्समा पुग्न नेपालले आज नेदरल्यान्ड्सलाई हराउनुपर्ने दबाब छ। नेपाल पराजित भए बाहिरिनेछ। आज नेपालले जितेमा र अन्तिम खेलमा पर्सि सोमबार नेदरल्यान्ड्स वेस्ट इन्डिजसँग पराजित भए नेपाल सुपर सिक्समा पुग्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ