२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

क्रिकेटर सन्दीप विरुद्धको बलात्कार मुद्दामा क्षतिपूर्तीको सुनुवाइ आज

images

सत्कार खबर
  • २०८० असार ११, सोमबार
  • 821
    SHARES
  • क्रिकेटर सन्दीप विरुद्धको बलात्कार मुद्दामा क्षतिपूर्तीको सुनुवाइ आज

     काठमाडौं :क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँमा वादी पक्षको माग बमोजिम क्षतिपूर्तिको मुद्दामा सुनुवाइ हुने भएको छ ।  जिल्ला अदालत काठमाडौँले मागेअनुसारको स्वास्थ्य परिक्षणको प्रतिवेदन अस्पतालले पठाएपछि सोमबारका लागि सुनुवाइ तोकिएको हो ।

    वादी पक्षले क्षतिपूर्तीको लागि सन्दीपसँग १० लाख माग गरेपनि अदालतले खारेज गरेको थियो । यद्यपि पीडित राहत कोशमार्फत् सर्वोच्चले क्षतिपूर्तिको विषय उठाएको थियो । जसका कारण वादी पक्षले क्षतिपूर्ति माग गर्दै पुनः जिल्ला अदालतमा निवेदन दिएका थियो ।

    उनीहरूले करिब ३६ हजार बराबरको माग गरेको भएपनि अदालते अस्पताललाई पत्र पठाउँदै खर्च विवरण माग गरेको थियो । अदालतले पीडितको मानसिक र शारीरिक परीक्षण गर्ने चिकित्सकबाट अनुमानित के कति खर्च पर्न सक्छ भनेर प्रतिवेदन मगाएर अदालतमा पेश गर्नु भनी आदेश दिएको थियो ।

    सन्दीपको मुद्दाको अन्तिम वहसको पेशी भने अहिले स्थगित छ । विश्वकप छनोट प्रतियोगिता खेल्न सन्दीपसहितको राष्ट्रिय क्रिकेट टोली अहिले जिम्बाब्वेमा रहेका कारण अन्तिम पेशी स्थगित गरिएको हो । सन्दीप नेपाल फर्किएपछि फाइनल बहसको पेशी तोकिने छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ