२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पशुपतिमा जलहरी विवाद : अख्तियारले जोख्दा आधा केजी कम भेटियो

images

  • २०८० असार ११, सोमबार
  • 931
    SHARES
  • पशुपतिमा जलहरी विवाद : अख्तियारले जोख्दा आधा केजी कम भेटियो

     काठमाडौं :अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिमा राखिएको सुनको जलहरी जोखेको छ। आइतबार दिउँसो जलहरी जोख्न पशुपतिनाथ पुगेको अख्तियारको टोलीले सोमबार बिहान २ बजेसम्म लगाएर जलहरी जोखेको हो।

    अख्तियारको टोलीले उक्त सुन जोख्दा आधा केजी कम पाइएको छ। सुन जोख्न पशुपति पुगेका टोलीमध्येका एक सदस्यका अनुसार जलहरीमा प्रयोग भएको भन्दा आधा केजीमात्र सुन कम पाइएको हो।

    त्यसमध्ये जलहरीको रिङ र बेल्टमा १०.४३२५ मा प्रयोग भएको पाइएको छ। त्यस्तै, किला र काँटीमा १.०३७५ केजी सुन प्रयोग भएको पाइएको ती सदस्यले जानकारी दिए। जलहरीमा प्रयोग भएको सुनमध्ये १०७ केजी ९५३ केजी सुन अहिले पाइएको हो।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा १०७ केजी ९२४.७४ ग्राम सुन प्रयोग गरी जलहरी बनाइएको बताइएको थियो। उक्त सुनमा तामा र पित्तल थप गरी १०८ केजी भएको भनिएको उक्त जलहरीलाई लिएर संसदमा विवाद भएको थियो।

    उजुरी परेको २ वर्षसम्म अख्तियारले अनुसन्धानमा तदारुकता नदेखाए पनि पछिल्लो समय संसद्‌मै उक्त विषयले विवाद भएपछि अख्तियारले अनुसन्धानलाई गति दिएको थियो।  जलहरीको सुन जोख्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली आइतबार पशुपति गएको थियो। 

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ