काठमाडौं : बिहेको कार्यक्रम सकेर फर्किँदै गरेको निजी बससँग ओएसआरटीसी बस ठोक्किँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ। सातजना घाइते भएका छन्।
भारतको उडिसामा आइतवार राति दुर्घटना भएको हो। घाइतेलाई उपचारका लागि एमकेसीजी मेडिकल कलेज पुर्याइएको प्रहरी जनाएको छ । ज्यान गुमाउनेहरु सबै बिहेमा सरिक भएर फर्किएकाहरु हुन्।
मृत्यु हुनेमा एकै परिवारका ७ जना रहेका छन्। बिहेको पार्टी सकेर उनीहरु फर्किँदै गर्दा विपरित दिशाबाट आएको अर्को बससँग ठोक्किएको थियो।
स्पेसल रिलिफ कमिसनरले घाइतेको उपचारका लागि जनही ३० हजार रुपैयाँका दरले रकम निकासा गरिएको छ। उडिसाका मुख्यमन्त्री नविन पटनायकले घाइते सबैको उपचार निशुल्क हुने र मृतकका परिवारलाई ३ लाख उपलब्ध गराउने घोषणा गरेका छन्।



