२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आईसीसी एकदिवसीय विश्वकप छनोट :आयरल्यान्ड र यूएई खेल्दै

images

  • २०८० असार १२, मंगलबार
  • 1.0K
    SHARES
  • आईसीसी एकदिवसीय विश्वकप छनोट :आयरल्यान्ड र यूएई खेल्दै

     काठमाडौं : आईसीसी एकदिवसीय विश्व कप क्रिकेट छनोटमा आज समूह ‘बी’ का दुई वटा खेल हुने भएको छ ।  आज आयरल्यान्ड र यूएई जिम्बावेको बुलाबायो स्पोर्टस् क्लबमा दिउँसो पौने १ बजे खेल्ने भएका हुन् ।  यो खेलमा हार्ने टोलीसँग नेपालले प्लेअफ खेल्नेछ ।

    सुपर सिक्समा पुग्न असफल नेपाल समूह ‘ए’ मा चौथो हुँदै प्लेअफमा पुगेको छ । समूह ‘ए’ को अन्तिम खेलमा अमेरिका जिम्बावेसँग ३ सय ४ रनको फराकिलो अन्तरले पराजित भएपछि नेपाल चौथो स्थानमा रह्यो । नेपालले समूह ‘बी’ को पुछारको टोलीसँग आउँदो जुलाई २ तारिखमा खेल्नेछ ।

    यो प्लेअफ खेलमा नेपाल विजयी भएमा सातौँ स्थानको लागि र पराजित भएमा नवौँ स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । प्लेअफबाट ७ देखि १०औँ स्थानको निर्धारण हुनेछ । आजको अर्को खेलमा श्रीलङ्का र स्कटल्यान्ड खेल्दैछन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ