काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउनु भएको छ। मंगलबार दिउँसो त्रिभुवन विश्वविद्यालय सभाको ६४औँ वार्षिक दिवसको बैठकमा यस्तो बताउनु भएको हो।
उहाँले शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागु गर्न निर्देशन दिनु भयो। प्रधानमन्त्रीले विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीहरूको आधारभूत दायित्व भएको बताउनु भयो।
प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष रूपले निर्देशित गर्दछु।’’



