२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

राष्ट्रपतिद्वारा राष्ट्रनिर्माताप्रति सम्मान

images

  • २०८० पुस २७, शुक्रबार
  • 746
    SHARES
  • राष्ट्रपतिद्वारा राष्ट्रनिर्माताप्रति सम्मान

    काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्प हार अर्पण गरी सम्मान व्यक्त गर्नुभएको छ। उहाँले आज बिहान सिंहदरबार पश्चिम मलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्प हार अर्पण गरी सम्मान व्यक्त गर्नु भएको हो। 

    सो अवसरमा नेपाली सेनाको एक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो भने समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरूले समेत राष्ट्रनिर्माता शाहको सालिकमा माल्यार्पण गर्नु भएको थियो। राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आज ३०२ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।

    आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्‍याउनु भएको योगदानको स्मरण गर्दै देशभर कार्यक्रम आयोजना हुँदै छन्। तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबिच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरी आधुनिक नेपालको निर्माण गर्नुभएको थियो।

    उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ